
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
यसैबीच, संघीय संसद्को सचिवालयले पनि सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी आएको बताएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्यहरूको जानकारीका लागि सूचना जारी गरिएको बताएका छन् ।