
पोखरा -१२/०३
राष्ट्रिय युवा संघ कास्कीद्वारा आयोजित फागु पुर्णिामा को अवसरमा कास्की जिल्ला आयोजक कमिटी गठन पशचात सुरुवाती कार्यक्रममा सृजना बिकास केन्द्रद्धारा संचालित सृजना बाल गृहमा रहेका बाबुनानीहरू संग होलि लगायत जिन्सी सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा अध्यक्षता जिल्ला अध्यक्ष पान बहादुर जि सि रहेका थिए ।
विशेष अतिथिमा इन्द्र पौडेल (सृजना बिकास केन्द्र अध्यक्ष , प्रेस चौतारी गण्डकी अध्यक्ष ), बिकास अधिकारी (केन्द्रिय आयोजक कमिटी सदस्य), सुबास सापकाेटा ( गण्डकी प्रदेश सचिब ) , सरस्वती पुरी ( सह सचिब गण्डकी प्रदेश ), पुजा देवी शर्मा ( केन्द्रिय सदस्य ) रहनुभएको थियो ।
अतिथिमा, सुनिल खड्का (जिल्ला सदस्य), सन्जिब बराल( जिल्ला सदस्य), रहनु भएको थियो।
कार्यक्रमको भब्य सफलताको कामना सहित कार्य बेस्ताता को कारण गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ र कास्की जिल्ला इन्चार्ज हरि लम्साल ले फोन मार्फत कार्यक्रम को शुभकामना दिनुभएको थियोे ।
।
कार्यक्रममा सृजना बाल गृह अध्यक्ष ईन्द्र पौडेलले राष्ट्रिय युवा संघ कास्की प्रति हार्दिक आभार सहित खुशी व्यक्त गर्नुभएको थियो र आउदो दिन मा पनि येस्तो उल्लेखनीय कार्यक्रम गर्न आग्रह सहित कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजना मा आज सृजना बाल गृह का बालबालिका संग होलि मनाउदै बालबालिकालाइ अभिभावकको अपनत्व गराएको संघका अध्यक्ष पान बहादुर जि सि ले बताएका छन्।फाल्गुन ३० गतेको बृहत भेलाबाट चएन भएको राष्ट्रिय युवा संघ नेपाल कास्की को पहिलो कार्यक्रमनै सृजना बाल गृहलयका बालबालिकालाई फलफूल,पानी, जुस , टीसर्ट , प्रधान गरि होलि मनाउँदा अभिभावकत्व महसुस भएको बताए भने केन्द्रिय सदस्य बिकास अधिकारीद्वारा सम्पूर्ण भाइ बहिनिलाई कलम , कपि आदि शिक्षामा चहिने सामग्री किन्नको लागि नगद प्रधान गर्नुभएकाे थियो!
,
कार्यक्रम संचालक राष्ट्रिय युवा संघ कास्की जिल्ला सचिब नवराज के सि ले गर्नुभयो भने कार्यक्रम संयाेजक जिल्ला सदस्य सुनिल खड्का ले गर्नुभएको थियो।