२०८० जेष्ठ २० शनिबार

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश !!

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन ।

कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।

सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।

 

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार