२०८१ फाल्गुन ७ बुधबार

एमाले पोखरा -२१ रामदी-एकहाते टोल भेला सम्पन्न, अध्यक्षमा मित्र बन्धु ।

१२ चैत्र २०७८, पोखरा -२१, रामदी
नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा -२१ द्वारा रामदी-एकहाते टोल भेला गरी एमालेको रामदी-एकहाते टोल कमिटी गठन गरेको छ।
टोल कमिटी भेलालाई नेकपा एमाले प्रदेश सङ्गठन कमिटीका सदस्य क. चन्द्रबहादुर रोकाहा ,एमाले जिल्ला कमिटी सदस्य झपट रानाभाट ,महानगर कमिटी सदस्य क. कृष्ण थापा मगर,निर्वाचित जनप्रतिनिधि एवं एमाले युवा नेता रामबहादुर गुरुङ्ग,सामाजिक अभियन्ता एवं एमाले युवा नेता दीपक सुवेदी र राजकुमार गुरुङ्ग ,टोल बिकास संस्थाका अध्यक्ष क. कृष्ण देवकोटा ,क. समनबहादुर गुरुङ्ग,क. सर्मीला हमाल,कुलदीप आचार्य ,कोपिला क्षे त्री,सावित्री लामिछाने ,युवराज गुरुङ्ग,प्रेम गुरुङ लगायतले सामाजिक रुपान्तरण ,वर्गबिहीन समाज निर्माण एवं बिकास र समृद्धिको सपनालाई पूरा गर्न आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले लाई बिगत झैँ भारी मत अन्तरसाथ एमालेलाई बिजयी तुल्याउन आग्रह र पूरा बिश्वास व्यक्त गर्नुभयो।
सो टोलभेलाले क. मित्रबन्धु पौडेल अध्यक्ष ,उपाध्यक्ष क. सन्ध्या सुनार,सचिव क. सन्तोष पौडेल ,उपसचिवद्वय कमला सुनार र साजन सुनार रहनुभएको १९ सदस्यीय टोल कमिटी गठन गरेको छ। निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकारमा समनबहादुर गुरुङ ,कमल ब. रेग्मी,बोधराज बराल रहनुभएको छ। सम्पूर्ण पदाधिकारी ,सदस्य तथा सल्लाहकारहरुलाई नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाउनु भएको थियो।
भेलाको सभापतित्व वडा सचिवालय सदस्य भक्त गुरुङ्ग,स्वागत उपाध्यक्ष क. खगराज न्यौपाने र सन्चालन सचिव क. रोशन भट्टराईले गर्नुभएको थियो।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 388 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।