नेकपा एमाले सराङ्कोटको पार्टी कार्यलयको भव्य तरिकाले उद्घाटन
नेकपा एमाले पोखरा १८ (सराङ्कोट) को पार्टी कार्यलयको आज उदघाटन भएको छ।पार्टी वडा कमिटीका अध्यक्ष पुश्कल बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य साथै पुर्व युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिश्वकर्मा,विशेष अथितीको रुपमा केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज भिम कार्की र केन्द्रिय कमिटी सदस्य तथा कास्की सहइन्चार्ज माननीय प्रदेश साम्सद राजिब पहारी रहेका थिए । साथै अथितिहरुमा क्रमश: पार्टीका जिल्ला अध्यक्ष माननीय मन बहादुर गुरुङ, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, उपाध्यक्ष मोहन बहादुर गुरुङ, महानगर सचिब जीवन आचार्य, उपसचिव रामचन्द्र थापा, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष जनप्रतिनिधि रण बहादुर थापा, अर्का जिल्ला सदस्य हरि लम्साल, पोखरा महानगर कमिटीका सचिबालय सदस्य लक्ष्मण तिमिल्सिना, सदस्यहरु डिल बहादुर जि.सि, भोज कुमारी थापा, भिम बहादुर नेपाली जनप्रतिनिधि तथा पुर्व जनप्रतिनिधिहरु पुर्व पार्टी प्रमुख वडा कमिटीका पदाधिकारी सहित सदस्यहरु टोल कमिटीका अध्यक्ष पदाधिकारी सहित सदस्य र इन्चार्जहरु विभिन्न संघ-संस्थाका प्रतिनिधि पत्रकार लगायत एमाले प्रेमी सराङ्कोट बासीको उल्लेख्य सहभागी रहेको कार्यक्रममा उपाध्यक्ष अरुण थापाले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अथितीले रिबन काटी कार्यलयको उदघाट्न गरेका थिए। नयाँ ग्रह प्रवेसआर्थ सबैमा सहकार्यको भावनाका साथ अधि बढ्न बिस्वकर्माले सुझाए । हाल बढिरहेको महंगाइले सराङ्कोटको चुचुरो नाग्न लागेको कुरालाइ प्रकाश पर्दै उत्त महंगाइला नकार्न नसकिने कुरा समेत उनले बताएका छन । सुकुम्बासीको समस्य आफ्नो सरकार आएपछि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्ध जनाएका छन । महिलाको हकमा उनले आफ्नो एकमात्र यस्तो पार्टी हो जसले स्थानिय तहमा ४० प्रतिशत भन्दा बढी महिलारुलाइ सहभागी गराउन पहल गरेको कुरा समेत बताएका थिए ।
उक्त कार्यक्रममा रण बहादुर थापा, जिल्ला कमिटी अध्यक्ष मन बहादुर गुरुङ , केन्द्रिय कमिटी सदस्य राजिब पाहारी, केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज भिम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको समापन पार्टी वडा कमिटी अध्यक्ष पुश्कल बहादुर थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा कमिटी सचिव शालिकराम तिमिल्सीनाले गरेका थिए ।