२०८१ फाल्गुन ६ मंगलवार

अन्नपूर्ण गाउँपालिकाको कार्यलय उद्द्घाट्न !!

अन्नपूर्ण गाउँ पालिकाको कार्यलय उद्द्घाट्न

राष्ट्रिय युवा संघ नेपाल कास्की अन्तरगत आन्न्पुर्ण गाउपालिकाको कार्यालय आज एक भब्य समारोह बिच पुर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष , नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले गर्नु भयो उक्त कार्यक्रम बोल्दै नेकपा एमाले लाई अत्याधिक मतले बिजय गराउन सम्पुर्ण युवाहरु लाग्न निर्देश दिदै धन्यवाद समेत व्यक्त गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी राष्ट्रिय युवा संघ नेपाल का पुर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य राजीव पाहारीले अन्नपूर्णको समग्र बिकासको लागि आफू लागि परेको र प्रदेश तथा केन्द्रिय बजेट ल्याइ आफुले प्रतिबद्धता गरेको र जनताले आस गरे अनुरुप नै काम गरेको जानकारी गराउनु भयो त्यस्तै राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि ले राष्ट्रिय युवा संघका सम्पुर्ण सदस्यलाइ व्यावसायिक तथा टेक्नोलोजी मैत्री बनाउने काममा जिल्ला कमिटी लागी परेको हुदा संगठन आबद्ध सदस्यको डाटा कलेक्सनमा लाग्न समेत निर्देशन दिनु भयो कार्यक्रममा अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिबेक देवकोटा राष्ट्रिय युवा संघ नेपाल कास्कीका सचिव नमराज के सि रेटिङ फेडेरेसन कास्किका अध्यक्ष बिष्णु हरि भुगाइ लगाएतले आफ्नो भनाइ राखेका थिए । शिव सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सन्तोष गुरुङले गरे भने सन्चालन राम प्रसाद ढुंगानाले गरेका थिए उक्त कार्यक्रममा संस्थापन प्र रा यु संघ का सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।


२०७८ चैत्र १३, आईतवार प्रकाशित 0 Minutes 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।