२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको कार्यालय भब्य समारोह बिच उद्द्घाटन!!

राष्ट्रिय युवा संघ नेपाल कास्की अन्तरगत माछापुच्छ्रे गाउपालिकाको सम्पर्क कार्यालय आज एक भब्य समारोह बिच उद्दघाटन भएको छ ।

उद्दघाटन गर्दै पुर्व राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कास्की सह इन्चार्ज राजिब पाहारिले देश भिख मागेर चलाउ एमाले सग जुध्न सबै आफ्नो बिचार नमिलेनी गठबन्धन गर्न खोज्ने अन्य युवा र राष्ट्र प्रती प्रतिबद्ध देशको सिमा किटान गर्न सक्षम राष्ट्रको दुर्त बिकासमा तल्लिन नेकपा एमाले को युवाको तुलना गर्न नमिल्ने भन्दै सक्छौ भने सिङ्गल आउ देशलाई भिखारी भएर सदन बाट भिख नमाग्न च्यालेन्ज गर्नु भयो ।

कार्यक्रमका बिशेष अतिथि नेकपा एमालेका अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङले कन्या हिमालको काखका जनताको मन पनि स्वच्छ भएको मर्दिको पानी जस्तै निश्चल रहेको जनताले नेकपा एमाले भुमिगत काल देखि नै संरक्षण गर्दै कास्कीकै धेरै वडा जिताउने माछापुच्छ्रेका जनताको उच्च मुल्यांकन रहेको समेत बताउदै युवा बिनाको पार्टी हुनै सक्दैन युवाले नेतृत्व लिन अब तयार हुनु पर्ने र स्थानीय निर्वाचन केन्द्रित कार्यक्रममा जुत्नुपर्ने भन्दै युवा लागेसी देशीविदेशी प्रतिकृया बादीको खुट्टा कापेको छ र त्यस्ता कापेको खुट्टा अब जनताले बैशाख ३० निर्वाचनको माध्यमबाट भाच्ने भन्दै जनता सर्बोच्च हुन भन्नुभयो ।

नेकपा एमालेका नेता गणेश मान गुरुङ्गले ५ दल भनेको भुसले भरिएको ५ थैलो जस्तै हो र नेकपा एमाले भनेको चामलले भरिएको एक थैलो हो आब जनताले कुन थैलो रोज्छन चामलकै थैलो रोज्छन नेकपा एमाले रोज्छन भन्नू भयो वडा वडा बाट बाजागाजा सहित उपस्तिथित भेलालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य माछापुच्छ्रे गाउँ पालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सि नेकपा एमाले माछापुच्छ्रे गाउँ पालिका अध्यक्ष बिक्रम गुरुङ लगाएतले बोल्नु भएको थियो माछापुच्छ्रे गाउपालिका अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षता भएको कार्यक्रम संचालन युवराज जि सि ले गरेका थिए।

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 0 Minutes 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार