२०८१ माघ १३ आईतवार

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिका १ को अधिवेशन बाट अध्यक्षमा पुन !!

राष्ट्रिय युवा सघ नेपाल माछापुच्छ्रे गाउपालिका १ को अधिवेशन बाट अध्यक्ष मा पुन ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको संगठन बिस्तारको क्रममा आज माछापुच्छ्रे गाउ पालिका वडा नं १ को अधिवेशन सम्पन्न भएको छ बृहत युवा भेला बाट अध्यक्ष मा बिनोद पुन उपाध्यक्ष अर्जुन मगर सचीव हेमन्त थापा उप सचीव सुनिल सुनार र मदन पुन सदस्यहरू मा बिशाल पुन खिम बहादुर दमै मोहन बास्तोला प्रतीक भट्टराई चम बहादु पुन चन्द्र बहादुर पुन हिरा पुन सबिता थापा सोनिया मगर चन्द्र कुमारी पुन आशिष पुन प्रवेश पुन दिपेन्द्र मगर कलाधर लम्साल मन बहादुर पुन लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कास्की सह इन्चार्ज पुर्व राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा माननीय गण्डकी प्रदेश सभा सदस्य राजीव पाहारी ले जब नेकपा एमालेले नेतृत्व लियो अनि यश ठाउका बिकासले तिब्रता लियो आज पोखरा बाट सरर यहाँ आउदा बिकास महसुस भएको जनाउनु भयो । कार्यक्रममा बोल्दै बिशेष अतिथि नेकपा एमाले का अध्यक्ष तथा माननीय गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङ्गले युवाको नेतृत्व बिकास गर्न आफू सधैं दृढ रुपमा लागी परेको युवा सास्कृती तवर खेलकुदका माध्यम बाट आज विश्वको धनी भएका साकिरा मेस्सी रोनाल्डो लगाएतको उदाहरण दिदै आफ्नो क्षमता देखाउन प्रयत्न गर्नुस अवसर नेकपा एमालेले दिने छ भन्ने बिश्वास दिलाउनु भयो राष्ट्रिय युवा संघ कास्कीका इन्चार्ज नेकपा एमाले कास्कीका सदस्य हरि लम्सालले युवाको काधमा ठूलो जिम्मेवारी आएको हुदा एक ढिक्का भएर लागि पर्न निर्देशन दिनु कार्य आसन्न निर्वाचन जिताउन राष्ट्रिय युवा संघका सम्पुर्ण युवा निरन्तर लागिरहनु पर्ने बताउनु भयो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य डिल्लीराम सुवेदी राष्ट्रिय युवा संघ कास्की का अध्यक्ष पान बहादुर जि सि माछापुच्छ्रे अध्यक्ष राजेन्द्र गौतम उपाध्यक्ष उज्ज्वल पुन लगाएतले बोल्नु भएको थियो किसान थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत यम गुरुङले गर्नु भयो भने सन्चालन राम बहादुर सुनारले गर्नु भएको थियो ।

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 0 Minutes 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।