२०८१ चैत्र ८ शुक्रबार

बर्दघाट नगरपालिका ४ देविनगर, आनन्द नगर स्थित ट्रस पुल उद्धघाटन ।

२०७८ -१२-१५
बर्दघाट नगरपालिका वडा नं ४. देविनगर , आनन्द नगर स्थित ट्रस पुलको सुमुद्घघाटन बर्दघाट नगरपालिका मेयर तथा नेकपा एमाले जिल्ला सुस्ता पश्चिम सचिब धिरज बस्याल ज्यु को करमलम बाट सु- सम्पन्न भयको छ।

यो पुलले देविनगर – आनन्द नगर मात्रै नभएर केराबारी – बिजयपुर समेत जोड़ने गरि निर्माण गरीएको छ। बिगत लामो समय देखि देवीनगर र आनन्द नगर जोड़ने पुल नभएको हुदा ति बस्तिमा बस्ने स्थानियहरू लाई आवत जावत गर्न सास्ति भएको थियो।

बिशेष गरि खोला वार पार गर्नु पर्ने हुदा बाल बालिका लाई एकदम डर थियो। दिउँसो र रातिको समयमा मानिसको चाप कम हुने गर्दा बाल बालिकाको सुरक्षा खतरा थियो। रातिको समयमा केही दुर्घटना हुने सम्भावना भएको हुदा स्थानीय बासिले पटक पटक सानो पुल भए पनि बनाईदिनु पर्ने माग गरि समिति बनाएर बर्दघाट नगरपालिका मेयर धिरज बस्याल लाई ध्यानाकर्षण गराउनुभएको थियो।

सबैको गुनासो आए पछि मेयर आफैले स्थलगत अवलोकन गर्न जानु भएको थियो र स्कुल आवत जावत गर्ने बिध्यार्थी र स्थानीयको सुरक्षा र आवत जावतमा सहज होस भनेर बेलि बृज बनाउने प्रतिबद्दता सबै माझ दिनु भएको थियो र त्यही अनुरूप समिति बनाएर बजेट बिनियोजन गरि कार्य कम्पन्न भएको थियो। आज समय अनुकुल मिलाएर देविनगर र आनन्द नगर लाई जोड़ने बेलि बृज समुद्घघाटन बर्दघाट नगरपालिका मेयर धिरज बस्यालको प्रमुख अतिथिमा भएको थियो भने बिषेश अतिथि बर्दघाट नगरपालिका वडा सदस्य गौमाया आरसी, अतिथि नवलपरासी जिल्ला सदस्य लक्ष्मि बर्तौला, पुल उपभोक्ता समितिको अध्यक्ष कदम बहादुर जि.सी, सचिब लाब बहादुर दमाई, कोषाध्यक्ष शर्मिला शाही , स्थानिय युवा र स्थानियको उपस्थितिमा भब्य रूपमा सम्पन्न भयकाे थियो।

कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष कदम बहादुर जिसी ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन मिठु नेपालीले गर्नु भएको थियो । पुल निर्माण पछि स्थानिय जनतामा खुसि छाएको थियो भने सबैले स्थानियले स्थानिय सरकारले आफुहरूको माग पूरा गरी दीएको र स्थानिय सरकार भएको अनुभूति पाएको कुरा सबैले गर्नु भएको थियो।

स्थानिय जनताले आगामी दिन पनि नगर प्रमुखले यसरि नै जनताको मर्म बुझेर साथ दिनुहुनेछ भन्दै नगर प्रमुखको खुलेर प्रशम्सा गरीएको थियो ।।

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार