
राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपलिकाको वडा न ६ अधिवेशनबाट अध्यक्षमा रबि देवकोटा चयन !!! १२/१९
राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिका वडा नं ६ को प्रथम अधिवेशनले रबि देबकोटाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको छ उपाध्यक्ष सचीव सह सचीव दुई र कोषाध्यक्षमा क्रमशः गौ बहादुर राना,अर्जुन पाण्डे , राम परिया , दुर्गा बहादुर सुनार र सबिना पौडेल सर्वसम्मत निर्वाचित गरेको छ सदस्यहरुमा बिनिता क्षत्री, सुजन बराल, सुनिता देबकोटा, बिजय गुरुङ ,राज कुमार बराल, गंगाधर बास्तोला, बिश्वनाथ बराल, श्रीराम बराल,बबिता देबकोटा, बिष्णु प्रसाद बराल , बृहस्पति बराल , श्री प्रसाद बराल, सालिग्राम बराल,पदम पौडेल , गंगाधर बराल,यमन बि क, दिपक ढुंगाना,बिष्णु बराल,प्रकाश परियार,अशोक जि सि, सन्दीप पाण्डे , सुदिप बराल, केशव बराल(प्रकाश ), सुनिल बराल,मिलन परियार,सुवास बि क ,प्रताप गुरुङ , रोशन बि क,दीपक प्रसाद बराल, सन्तोष देवकोटा ,अर्जुन मगर, गीता पोख्रेल , सुस्मिता बराल, कृष्ण जि सि । यश कार्यक्रममा नेपाली काङ्ग्रेसका कृयासिल सदस्य परित्याग गरि मनोज राना र थम बहादुर बिक नेकपा एमाले प्रवेश गरेका छन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष पस बहादुर बास्तोलाले युवाको नेतृत्वलाई मुद्दा मामिला गरि बिचलित गर्न खोज्ने हरु अहिले आत्मा आलोचना गर्न बाध्य भएका छन युवा गर्न खोजे नसक्ने भन्ने हुदैन यसकारण आसन्न निर्वाचनको उमेदवार हुन युवा अघि सर्न पर्ने धारणा राख्नु भयो । जिल्ला कमिटी सदस्य झलक पोख्रेलले राष्ट्रिय युवा संघमा प्रवेश लहरै चलेको र नेकपा एमालेको नेतृत्वमा नै देश बिकास हुने भन्दै बाकी युवा सबैले राष्ट्रिय युवा संघको सदस्यता लिन छुट्न नहुने बताउनु भयो राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य सुजा गुरुङले युवा मैत्री,महिला मैत्री नीति ल्याउन नेकपा एमाले बिना अरु पार्टीले नसक्ने हुदा अब युवा संघमा महिलाको नेतृत्व हुने गरि लाग्न आव्हान गर्नु भयो उक्त भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पान बहादुर जि सिले देश शिर झुक्याउने गरि गरिएको प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै एक दलको पार्टी कार्यालयमा गएर नेता भेट्नु प्रधानमन्त्री पदको गरिमा गिरावट गर्नु हो केन्द्रले निर्देशन गरेमा यसको सशक्त प्रतिकारमा उत्रन तयार रहन समेत निर्देशन गर्नु भयो एकै दिन २२ हजारौं पार्टी प्रबेश हुदा गठबन्दन गर्ने दल आज भारतदल सग पनि गठबन्धन गरेको बताउनु भयो। कार्यक्रममा बल बहादुर राना,शिव प्रसाद बराल ,लगाएतले बोलेका थिए दिल बहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत यादब बराल र संचालन नारायण बरालले गरेका थिए।