
गाउँ गाउँमा नेपाल विद्यार्थी संघ विस्तार अभियान अन्तर्गत माछापुच्छ्रे गाउँगाउँका विद्यार्थीहरु जोड्ने हाम्रो अभियानमा आज महेन्द्र मा वि – माछापुच्छ्रे गा पा-४,लाहाचोक कास्कीमा नेपाल विद्यार्थी संघको कमिटी सम्पूर्ण विधार्थीहरुको सर्वसम्मत भेलाबाट सम्पून्न भएको छ।सुजता परियार को अध्यक्षतामा १५ सदस्य कमिटी गठन भएको थियो ।
यसरी नै संगठन विस्तार अभियान लाई अगाडी बढाए आगामी चुनावहरुमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नेपाल विद्यार्थी संघ कास्कीका नेता, नेपाली कांग्रेस पोखरा महानगर सदस्य, नेपाली विधार्थी संघ पोखरा विश्वविद्यालयका निवर्तमान उपसभापति असिम सुवेदीले बताउनुभयो।