
पोखरा महानगरपालिका नगर युवा परिषद् वार्ड न १७ द्वारा आयोजित ” मेरो परिकल्पनामा मेरो वडा ” शिर्षकमा खुल्ला वक्तृत्वकला तथा हाजिरजबाफ प्रतियोगिता सप्पन्न भएको छ ।कार्यक्रम पार्दि मा बि मा सम्पन्न भएको थियोे ।
उक्त कार्यक्रमको अध्यक्षता सरस्वती पुरिले गर्नुभएको थियो । पोखरा महानगरपालिका वार्ड न १७ का वडा अध्यक्ष तिर्थ राज अधिकारी को प्रमुख अतिथिमा सप्पन्न भएको थियो । कार्यक्रमको बिशेष अतिथि वडा न १७ का वडा सदस्य साथै कार्यपालिका सदस्य राधिका साही योगि र पोखरा महानगरपालिका युवा परिषद कार्यकारी उपाध्यक्ष हरिबोल गौतम रहनु भएको थियो । यस कार्यक्रममा अतिथिको रुपमा बिष्णु सुवेदी , सन्तोष पोखरेल , तारा परियार , बैकुण्ठ भन्डारी , सुरेन्द्र प्रसाद शर्मा , सुनिल बाबू पोखरेल , महेन्द्र पौडेल लगायतले गर्नु भएको थियो ।
खुल्ला वक्तृत्वकला तथा हाजिरजबाफ प्रतियोगिताको लागि प्रथम ,दोस्रो ,तेस्रो र सान्त्वना पुरस्कार क्रमशः पाँच हजार,तीन हजार , दुई हजार ,एक हजार राखेका कुरा आयोजकले जानकारी गराएको छ । खुल्ला वक्तृत्वकला प्रतियोगिता बाट शान्ति निकुञ्ज स्कुलको प्रेङ्का भुसाल प्रथम,छोरेपाटन मा बि को विराज सुवेदी दोस्रो , हिमालयन बोर्डिङ स्कुलको अलिस्मा पनेरु तेस्रो र सक्षम भट्टराईले सान्त्वना पुरस्कार हासिल गर्नु भएको थियो ।
यसै गरि हाजिरजबाफ प्रतियोगिता तर्फ हिमालयन बोर्डिङ स्कुल प्रथम , छोरेपाटन उच्च मा वि दोस्रो ,बिद्या निकेतन तेस्रो र जानकी मा वि ले सान्त्वना पुरस्कार जित्न सफल भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य परिषदका उपाध्यक्ष सुजन गुरुङ ज्युले राख्नु भएको थियो भने कार्यक्रम संचालक युवा परिषदका सचिव प्रणनाथ पौडेलले गर्नु भएको थियो ।