२०७९ चैत्र १९ आईतवार

स्पाईरल ग्यालेक्सी एकेडेमी पोखराको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न !!

स्पाईरल ग्यालेक्सी एकेडेमी पोखराको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न :-

पोखराको प्रसिद्ध निजि बिधालय स्पाईरल ग्यालेक्सी एकेडेमीको सहकार्य तथा एकेडेमीक डेभलपमेन्ट फर ग्वलोबल लिडरसीप ईन एजुकेसन नेपालको आयोजनामा नेपालमै पहिलो पटक बिधालय स्तरमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।प्राबिधिक मैत्री शिक्षा र सिकाईका नयाँ आयामहरु सम्बन्धी अनुभव साटासाट तथा नयाँ शैक्षिक खोज प्रस्तुत उक्त सम्मेलनमा ३५ जना बिदेशी बक्ताहरुले आफ्नो अनुभव र खोज प्रस्तुत गरेका थिए ।बिश्व भरिका ५० मुलुकबाट ४५० भन्दा बडि सहभागी रहयको उक्त सम्मेलन कोबिडको कारण भर्चुअल माध्यमबाट सन्चालन गरिएको ग्लोबल लिडरसिप ईन एजुकेसन नेपाल का प्रमुख ईन्जिनियर यमकृष्ण पौडेलले बताए ।सम्मेलनमा बक्ताहरुले २१ औ शताब्दिको शैक्षिक मोडेल प्रविधिमैत्री र बिश्व बजारको मागलाई संम्बोधन हुन सक्ने बनाउनुपर्नेमा जोड दियका थिए ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।