प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्ध पोखरामा नाराबाजी सहित उनको पुत्ला दहन । सर्वोच्च अदालतको फैसला अमान्य रहेको बताउँदै नेकपा(एमाले)का भातृ संगठनहरुले देश व्यापी रुपमा सुरु गरेको आन्दोलन कास्किमा समेत नाराबाजीसहित र्याली र पुत्ला जलाए भने प्रहरी संग्गको झड़पमा दर्जनौ घाइते समेत भएका छन ।
सर्वोच्चले प्रतिनिधि सभालाई पुनस्र्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । प्रतिनिधि सभा पुनस्र्थापनाको आदेश मान्य भएपनि प्रधानमन्त्री नै नियुक्त गर्न दिइएको आदेश मान्न नसकिने युवा संघ ज़िला अध्यक्ष पान बहादुर जिसिले बताए ।
कालो मास्क र टाउकोमा कालो फेटा बाँधेर कास्की राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका युवाहरुले कास्की मानव अधिकार चोंक देखी भीमसेन चोंक सम्मको शान्तिपूर्ण र्याली र बिरोध कार्यक्रम हुदै झड़प भएको छ ।
सुरूवातिमा नारा र शान्तिपूर्ण र्याली हुदै पुत्ला जलाउन शुरू भए पंछी प्रहरी द्वारा आगो निभाऊने क्रममा पुत्ला खोसाखोस, ढ़ूँगा हानाहान र झड़प भएको थियो झड़पमा परि युवा संघ गण्डकी अध्यक्ष महेंद्र गुरुँग, ज़िल्ला अध्यक्ष पान बहादुर जिसि, उपेन्द्र गिरी, महेंद्र पौडेल, सन्तोष पोख्रेल, बिनोद भण्डारी, सुनिल खड़का, शैसव पौडेल, मोहन उचाइ, बिशाल पंत, रवि क्षेत्री, लगायत दर्जनौ युवा – बिध्यार्थी हरू घाइते भएका छन ।
कार्यक्रम पस्चात युवा संघ ज़िल्ला कमिटी कास्कीका अध्यक्ष पान बहादुर जिसिले एक प्रेस बिज्ञप्ति जारी गर्दै ग़लत कदम बिरुद्दको बिरोधमा गरीएको शान्तिपूर्ण आंदोलनमा प्रहरी प्रसासनले युवा संघ र बिध्यार्थी माथी गरेको अमर्यादित, अपशब्दको प्रयोग र अभद्र व्यवहार सहितको दमनले रास्ट्रिय युवा संघ गण्डकी अध्यक्ष, ज़िल्ला अध्यक्ष लगायत दर्जनौ घाइते हुन पुगेको र घाइते हरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपस्थितिका निम्ति धन्यवाद ज्ञापन गरेका छन र प्रहरी भित्र ग़लत मनसायले भरीएका केहि प्रहरी माथी कारवाहिको माग समेत गरेका छन ।
कार्यक्रममा नेकपा एमाले पार्टी कमिटिका नेताहरू, युवा संघका केंद्रीय नेताहरू र केंद्रीय अनेरास्ववियुका बिध्यार्थीहरू को वाक्लो उपस्थिति सहित कास्कीमा क्रियाशील बिभिन्न पदमा रहेका युवा बिध्यार्थी नेताहरू सहित क़रीब १५० बढ़ी युवाहरूको उपस्थिति रहेको थियो कुरा युवा संघ केंद्रीय सचिव हरी लम्सालले बताए ।
त्यस्तै नेपाली कांग्रेशका सभापति शेर बहादुर देउवाले पप्रधानमन्त्रीको सपथ लीएका छन ।