२०८१ बैशाख १२ बुधबार

पोखरा-१८ मा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश, देशै भरी प्रवेशको लहर ।!

नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरा १८ को आइतबार भएको भेलाले , विभिन्न पार्टी परित्याग गरि ५ जना युवाहरूलाई नेकपा एमाले प्रवेश गराएको छ ।उक्त कार्यक्रमको अध्यक्षता वडा कमिटी उपाध्यक्ष एबम निर्वाचन परिचालन कमिटी संयोजक अरुण थापा ले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश सदस्य मित्र मणि तिमिल्सिना रहनुभएको थियो । उक्त कर्यक्रममा विशेष अतिथिमा जिल्ला कमिटी सदस्य ,पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापा, महानगर सचिबलय सदस्य युवा नेता लक्षमण तिमिल्सिना , पुस्कल बा थापा ( स्थानीय चुनब अध्यक्ष उम्मेदवार ,अन्य उम्मेदवार हरु कल्पना ढकाल, मिना नेपाली ,नमराज सुवेदी ,रमेश थापा )र पार्टी सदस्य कृष्ण थापा रहनुभएको थियो।


कार्यक्रममा अध्यक्ष अरुण थापा को नेतृत्वमा प्रवेश गरेका थिए क्रमशः बिनोद थापा,रेशम बानियाँ,सन्देश थापा,मनिष थापा,हरि थापा युवाहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मित्र मित्रमणी तिमिल्सिना प्रदेश कमिटी सदस्य ले खादा लगाइ दिनु भयो भने रण ब थापा जिल्ला कमिटी सदस्य ले टीका लगाइ स्वागत सहित बधाई दिनुभयो ।
कार्यक्रममा युवाहरुलाई “समृद्धि सरङ्कोट सुखी सरङ्कोट” प्रमुख अतिथि मित्र मित्रमणी तिमिल्सिना प्रदेश कमिटी सदस्य बनाउन युवाहरूलाई उचित जिम्मेवारी दिने जिकिर गर्नुभयो ।
उक्त कार्यक्रम संचालक पार्टी सचिब सालिकराम तिमिल्सिना ले गर्नुभएको थियो ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार