२०८१ बैशाख ७ शुक्रबार

माधव नेपालकाे चेतावनी : चुनावमा सिट भागबन्डा गर्दा अपमानपूर्ण व्यवहार गरिए सहँदैनाैँ !!

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट पालिका चुनावमा सिट भागबन्डाकाे विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । 
आज मङ्गलवार काठमाण्डाैमा आयोजित नेकपा (एकीकृत समाजवादी) सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनावमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौँ । महानगरपालिकामा, उपमहानगरपालिकामा अनि सबै पालिका र वडामा सिटको तालमेल कसरी मिलाउने ? भनेर लागिरहेका छाैँ । पालिका चुनावमा सिट बाँडफाँटलाई लिएर अरूको शक्तिको अवमूल्यन गर्ने र उनीहरूमाथि अपमानपूर्ण ढङ्गको व्यवहार गर्ने काम भइरहेकाे जिल्ला जिल्लामा हुने गरेको रिर्पोटमा आएको छ । याे सैह्य हुँदैन । हामी अपमान सहनका लागि जन्मेका होइनाैँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको र नागरिकले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताउनुभयो । उहाँले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष नेपालले चुनावमा आफ्नो पार्टीको चिह्न कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । 

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार