२०७९ मंसिर २० मंगलवार

प्रहरी नायब निरीक्षक घुस रकमसहित पक्राउ!

कास्की, ७ बैशाख – गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको हो ।

सई महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए ।
महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।