२०८१ माघ १ मंगलवार

चिल्ड्रेन नेपाल द्वारा युवाबर्ग लाई लक्षित गरि वृत्ति पथ सम्बन्धि तालिम सम्पन्न!!

२०७९ बैशाख ८ गते
वृत्ति पथ सम्बन्धि तालीम सम्पन्न !
चिल्ड्रेन नेपालको आयोजनामा संस्थाबाट सहयोग प्राप्त गरि सामुदायिक विद्यालय र क्याम्पसमा कक्षा ११,१२ र स्नातक तहमा अध्ययनरत युवाहरुलाई लक्षित गरि वृत्ति पथ सम्बन्धि तालिम सम्पन्न ।तालीममा निम्न बिषयहरु समाबेश गरिएको थियो । बाल अधिकार र युवा निति दीगो बिकास लक्ष्य र उक्त लक्ष्य हासिल गर्नमा युवाको भुमिका, लक्ष्य निर्धारण,मानव बेचबिखन , संस्थाको सहयोगमा पठनपाठन गरि उच्च शिक्षा अध्ययन गर्दै गरेका र युवाहरुको सफलताको कथा आदानप्रदान गर्ने काम अन्तरगत ल्याब टेक्निसियन बिनिता नेपाली , पुर्ण छात्रवृत्ति प्राप्त गरि ब्याच्लर अफ इन्जिनियरिङ अध्ययनरत बिबेक तामाङ , व्यावसायिक सीप अन्तरगत सीप सिकेर सिलाइ कटाइ ब्यबसाय संचालन र प्रशिक्षण समेत गर्ने लक्ष्मी बि क र सुनिता नेपालीले आ आफ्नो अनुभव आदानप्रदान गर्दै युवाहरुलाइ अध्ययनको निरंतरता र व्यावसायिक सीप सिकाइ तर्फ जान सुझाव दिएका थिए। कार्यक्रममा ३१ जना युवा युबतीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन संस्थाका निबर्तमान अध्यक्ष तथा रास्टृय बाल अधिकार परिषदका सदस्य आदरणीय भिमलाल गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीको तर्फबाठ दिनभरको सिकाइ अनुभव सरला सुनार र बिश्वास बि क ले आदानप्रदान गरेका थिए ।कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले तालिममा सिकेका बिषयलाई ब्यबहारिक जिवनमा कार्यनयन गर्दै अगाडि बढेमा उपलब्धिमुलक हुने हुँदा त्यस तर्फ केन्द्रित हुन सुझाव दिनु भएको थियो । वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले दीगो बिकास लक्ष्यका १७ वटा लक्ष्य हासिल गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान दिने कुरा बताउनु भएको थियो। वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले कार्यक्रमको उदेश्य माथी स्पस्ट पार्नु भएको थियो । यश तालिमको सहजीकरण वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा , सह सयोजक रमेश सुवेदी , सहायक सयोजकद्वय महेन्द्र पौडेल र लीला न्यौपानेले गर्नु भएको थियो। कार्यक्रमको संचालन रमेश सुबेदीले गरेका थिए ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 372 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।