
नेपाली काङ्ग्रेस पोखरा १८ वडा कार्य समितिको भेलाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षमा
शिब प्रसाद तिमिल्सिना
, खुल्ला महिला सदस्यमा शमुन्द्र थापा
दलित महिला सदस्यमा सुविता रामदाम
खुल्ला सदस्यमा कुष्ण बाहादुर थापा र
बुद्धी पुन उम्मेदवार बनाउने टुंगो बिहिबारको भेलाले लगाएको वडा नं १८ का काङ्ग्रेस सहसचिब सुर्य बाहादुर थापा (सुजन)ले जानकारी दिए ।
५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कार्य समितिलाई सिफारिस निर्णय गरेको हो । अब जिल्ला कार्यसमिति बाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ ।
सत्ता गठबन्धनले माहानगर प्रमुख र उपप्रमुख सँगै सबै वडा स्थरमा गठबन्धन गर्ने भने पनि सराङ्कोटमा आफुहरूले गठबन्धन नगर्ने काङ्ग्रेस नेता कार्यकर्ताहरू बताउछन । यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।एमालेले निक्षपक्षे काम गर्न नसकेको र जनताको मर्म अनुसार कार्य नगरेको भन्दै अबको चुनाबमा आफुहरूको जित सुनिच्छिद भएको अध्यक्षका उम्मेदवार शिब प्रसाद तिमिल्सिना बताउछन ।