२०८० आश्विन ६ शनिबार

राजु अर्याल सशस्त्रको एआइजी नियुक्त!

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ।
गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।
डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्।
यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली भएको थियो।
उनी वैशाख १८ पछि सशस्त्र प्रहरी बलको महानिरिक्षक हुनेछन्।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।