२०८२ बैशाख ९ मंगलवार

भाेट माग्ने क्रममा बालिकामाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा माओवादी नेता पक्राउ!!

१६ बैशाख २०७९, शुक्रबार
काठमाडाैँ– ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना माओवादी नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाकाे कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक रहेका छन्। 

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन्। 

बिहीबार  स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो। 

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सई कासीराम बुढाले बताए। शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 764 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।