
दुबई । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेकपा एमालेको तर्फबाट रामजी ढकाल अध्यक्ष र मंजु दर्लामि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
गाउँपालिका र जिल्ला स्तरीय नेताहरुबीच भएको सहमति अनुसार उपाध्यक्षमा माओबादी र प्रमुख अर्थात् अध्यक्षमा नेकपा एमालेलाई दिने गरी सहमति भएको थियो र त्यसै अनुरूप साझा उम्मेदवारको रुपमा अगाड़ी बढेका छन ।
वडा तहमा पनि एमाले र माओवादीले तालमेल सहित भागबण्डा गरेका छन् । त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।
नेताहरुले चुनावी तालमेलबारे पत्रकार सम्मेलन समेत गरेका छन ।
अध्यक्षः रामजी ढकाल(एमाले)
उपाध्यक्षः मन्जु दर्लामी(माओवादी-केन्द्र)
वडा नं १ः लालु प्रसाद पाण्डे (हर्मिचौर)-एमाले
२ः बाबुराम न्यौपाने (अर्बेनी)-माओवादी केन्द्र
३ः रुपसिं श्रीस (जयखानी)-एमाले
४ः होमनाथ शर्मा (पुर्तिघाट)-माओवादी
५ः छत्र बहादुर राना (फोक्विङ्ग)- एमाले
६ः कबिराज ढकाल (खड्गकोट)- एमाले
७ः घनश्याम थापा (भुर्तुङ्ग)-एमाले
काली गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट समेत उम्मेदवार रहेका छन् । केन्द्रमा गठबन्धनको नाममा भएको असहज तालमेल लाई हामिले हाम्रो पालिकामा सहज अनी बिकासको नाममा सही समुह बनाएर अगाढ़ी बढ़ने उद्देश्य रहेको हुदा तालमेल गरेको एक नेताले बताए ।
निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।