
नेकपा एमाले पोेखरा ८ ले वडाका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ । उम्मेदवारहरुसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितीमा वडाका विभिन्न टोलमा मतदाता भेटघाट गरिएको हो ।पुर्ब स्वस्थ मन्त्री ,गृहमन्त्री मननिय खगराज अधिकारी को उपस्तिथिति रहेको थियो उहाँले उम्मेदवारहरु लाइ शुभकामना दिनुभएको थियो।
घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जीतको शुभकामना दिए । बिहान ७ बजेदेखि सुरु गरिएको भेटघाट कार्यक्रममा युवासँगै वृद्धवृद्धाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
पोखरा–८ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा रुद्र नाथ बराल, खुला महिला सदस्यमा पबित्रा के सि, दलित महिला सदस्यमा लक्ष्मी बि क, खुला सदस्यमा गोविन्द बराल र हिराकाजि श्रेष्ठ रहेका छन् ।