२०८१ बैशाख ७ शुक्रबार

स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त !!

स्थानिय तह निर्वाचनका लागि वडा नं ८ का उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त

नेकपा एमाले पोखरा ८ ले घर–घरमा प्रतिवद्धता पत्र बाँड्दै ५ वर्षभित्र सबै वाचा पूरा गर्ने जनाएको छ । वडावासीसँग भेटघाट तथा घरदैलो कार्यक्रमको सिलसिलामा पुगेको पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँदा आवश्यकता र औचित्यका आधारमा ५ वर्षभित्र पूरा गर्ने वाचा गरेको हो । टोलीले आज वडाको विभिन्न टोल क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ साथै जारी छ् अभियान । जनता भेटघाटका लागि घर–घरमा पुगेका उमेद्वारसहितको टोलीलाई टोलवासीले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन् ।घरदैलोकै क्रममा अध्यक्ष पदका उमेद्वार रुद्र नाथ बराललाई वृद्धवृद्धाले शीरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनुभएकोमा अब फेरी धेरै मतले विजयी भएर जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आर्शीवाद दिएका थिए । आर्शीवाद लिँदै बरालसहित उम्मेदवारको टोलीले निर्वाचित भएपछि जनताले छिट्टै महसुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिए । ’स्थानीय चुनाव नजिकिंदै जाँदा यतिबेला नेकपा एमाले पोखरा–८ ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई सक्रियताका साथ अघि बढाएको छ । भेटघाटका क्रममा वडावासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको अन्य उमेद्वारले बताएका छन् । पोखरा ८ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा रुद्र नाथ बराल, महिला सदस्यमा पबित्रा के सि , दलित महिला सदस्यमा सुनिता बि क, खुल्ला सदस्यमा गोबिन्द बराल र हिरा काजि श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 0 Minutes 459 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार