
भोट हाल्न मतदाता परिचयपत्र नै आवश्यक नहुने: वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र / नेपाली नागरिकताको प्रमाणपत्र / राष्ट्रिय परिचयपत्र / नेपाली पासपोर्ट / जग्गा धनी लालपुर्जाको सक्कल प्रमाणका आधारमा भोट हाल्न पाउने भएका छन्।