
युवाहरुमा केपि ओलि को क्रेज!!
ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्।

ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए । उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो । डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो।
२०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए । कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे । उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए ।
नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए । सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे ।
त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे । लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन् ।