२०८१ फाल्गुन ७ बुधबार

झापा । शिवसताक्षी वडा नं. १० नेकपा एमालेको प्यानलै विजयी !!

झापा । शिवसताक्षी वडा नं. १० नेकपा एमालेको प्यानलै विजयी
भएको छ । गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हो ।
नेकपा एमालेको वडाध्यक्ष पदका उम्मेद्वार हर्कबहादुर सिगु १५ सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । गठबन्धनतर्फका उम्मेद्वार पुष्प पौड्याल लाई ३६४को मतअन्तरले पछि पार्दै सिगु विजयी भएका हुन ।

त्यस्तै महिला सदस्यमा कोपिला मैनालीले १७ सय ८, दलित महिला सदस्य मंगलादेवी वि.क.ले १६ सय ३० मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै खुल्ला सदस्य तर्फ दिपक कुमार पोख्रेल र मातृका प्रसाद कोइराला विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।