
लागू औषध सहित ३ जना मानिस पक्राउ
=======================
मिति २०७९।०२।०८ गते ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२६ जरुवा स्थित चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.२६ जरुवा बस्ने वर्ष ३० को किशोर परियार, ऐ.ऐ. बस्ने वर्ष ३४ को ज्ञान बहादुर पुन र जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.३१ लामास्वारा बस्ने वर्ष ३१ को बिक्की भन्ने विकास गुरुङको साथबाट लागू औषध डाईजापाम-३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा-९० एम्पुल र नाईट्रोभ्याट १५ ट्याबलेट लागू औषध र ३ थान मोबाईल सहित फेला पारेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
स्रोत : कास्की प्रहरी