२०८१ माघ १ मंगलवार

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीहरु नियन्त्रणमा (फोटाे सहित)

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीहरु नियन्त्रणमा

आज मिति २०७९।०२।१२ राष्ट्रिय युवा संघ नेपाल कास्कीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आफ्नो विरोध प्रदर्शन जारी राखेको छ । सो क्रममा आज राष्ट्रिय युवा संघ नेपाल कास्कीले सरकारीका नम्बर प्लेटका कास्की र कास्की आसपासमा चल्ने ५० भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिई दिनभर रहने गरि प्रशासनको जिम्मा लगाएको थियो । सो विरोध प्रदर्शनमा कास्कीको नागडाँडा, हेमजा, हरिचोक, पि.एन. क्याम्पस गेट अगाडी, सभागृहचोक, रत्नचोक, अमरसिंहचोकमा राष्ट्रिय युवा संघ नेपाल कास्की युवाहरु परिचालित भएका थिए ।
?
स्मरण रहोस्, राष्ट्रिय युवा संघ नेपाल कास्कीले विरोध प्रदर्शन स्वरुप पहिलो दिन चिप्लेढुंगा देखि महेन्द्रपुलसम्म शान्तिपूर्ण विरोध ¥याली निकालेको थियो । दोश्रो दिन मूल्य वृद्धिको विरुद्धमा सभागृह देखि पृथ्वीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो भने आज तेश्रो दिन कास्की जिल्ला सरकारी सवारी नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिई साँझ छोड्ने काम गरेको थियो । यि विविध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटी कास्कीका पदाधिकारी तथा सदस्यहरु र अनेरास्ववियुका केन्द्र देखि जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कुरा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका सचिव नमराज के.सी.ले जानकारी दिनुभयो ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।