
नेकपा एमालेका नेता घनश्याम भुषालले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको पराजयको दोष सम्पुर्ण रुपमा अध्यक्ष केपी ओली माथी लगाएका छन् ।
अध्यक्ष ओलीले पार्टी मुभ गर्न नसकेको र आफु मात्रै कुदेका कारण एमाले हारेको आरोप समते भुषालले लगाएका छन् । एमालेले संगठित शक्तिको प्रयोग र सामुहिक इफोर्ट लगाउँन नपाएको र त्यो अध्यक्ष ओलीकै कारण भएको पनि उनले भनेका छन् ।
गठबन्धनकै कारण एमाले हारेको भन्ने कुरा स्विकार गर्न नसकिने पनि उनले भनेका छन् । विपक्षी पार्टीहरु गठबन्धन बनाएर निर्वाचनमा होमिएको अवस्थामा कमल थापा र एकनाथ ढकाल जस्ता शक्तिलाई लिएर चुनावमा जानुनै गलत भएको विश्लेषण पनि भुषालले गरेका छन् ।
“हामी मैदानमा एक्लै भयौँ, संसदीय बहुदलीय व्यवस्थामा चुनावमा यस्तो एलायन्स वा विरोधीहरु मिल्छन् कि मिल्दैनन् भन्ने कुराले अर्थ राख्छ नि त । विपक्षमा सबै एकातिर भइदिए, हामी मैदानमा एक्लै भयौँ,” भुसालले भने, “हाम्रो पनि एलायन्स त थियो तर गठबन्धन नै थिएन । कमल थापा, परिवार दलका एकनाथ ढकालहरुबाट त्यस्तो अपेक्षा गर्नु हुँदैनथ्यो । फिल्डमा त्यस्तो भयो ।”
उनले त्यो एउटा कारण भएपनि मुल कारण पार्टीको फोर्स परिचालन नै नहुँदा क्षति भएको बताए । “हाम्रो मुद्दाका बारेमा बोल्ने मान्छे एकजना अध्यक्ष मात्रै हुनुहुन्थ्यो । नेकपा एमालेको बारेमा एडभोकेसी गर्ने क्याम्पेनर भनेको एकजना अध्यक्ष मात्रै हु्नुभयो ।
त्यो सोलो प्रेजेन्टेशन जस्तो भयो,” भुसालले भने, “माथिका पदाधिकारी वा स्थायी कमिटीकाहरुको या त कसैलाई जिम्मेवारी नै थिएन या त जिम्मेवारी लिएकाहरुले त्यो काम गर्न सकेनन् । आजको चुनावी मुद्दा के हो भनेर जनतालाई बुझाउन समस्या रह्यो ।”
उनले तल रहेका संयन्त्रमा पनि केन्द्रको नेतृत्वका आड भरोसा हुन नसकेको बताए । “माथि लिडरशिपको आड भरोसा हुन सकेन ।आ–आफ्ना जिल्लामा जाने कुरा म गएँ, अर्को गयो, सबै आ–आफ्ना ठाउँमा गए त्यो अर्को कुरा भयो,” भुसालले भने, “तर, जिम्मेवारीका हिसाबले कमिटी संगठनले जुन हिसावले काम गर्नुपर्थ्यो त्यस हिसाबले गरेनन् ।
” उनले केन्द्रीय नेतृत्वमा सामूहिक भावना र परिचालनको योजना नहृुँदा पार्टीका कार्यकर्ता एक्लै काम गर्न बाध्य भएको बताए ।“सेन्ट्रल लिडरशिप कलेक्टिभली चल्नै सकेन । सबै काम ओलीजीले गर्नुभएको थियो । सचिवालय थियो होला, त्यसले सचिवालयकै काम गर्ने भयो ।ओलीजी राजनीतिक रुपमा चल्नुभयो, सचिवालयले लजिष्टक सपोर्ट गर्यो होला, आमसभामा समन्वय गर्यो होला,” उनले भने, “समग्रमा पार्टीको फोर्स नै परिचालन हुन सकेन।