२०८१ बैशाख १३ बिहीबार

25K, राष्ट्रिय युवा संघ वडा ८ द्वारा खुल्ला रक्तदान कार्यक्रम सप्पन्न ६५ युनिट रगत संकलन !!( फोटाे सहित)

25K द्वारा खुल्ला रक्तदान कार्यक्रम सप्पन्न ६५ युनिट रगत संकलन !!( फोटाे सहित)

पोखरा ८ : पोखरा महानगर वार्ड ८ 25K ले शनिबार रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ६५ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल ले बताए

कार्यक्रमको अध्यक्षता 25K सस्थापक अध्यक्ष अनुप लम्साल ले गर्नुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि नबनिर्बाचित वार्ड ८ अध्यक्ष रुद्र नाथ बराल रहनु भएको थियो भने विशेष अतिथिको रुपमा सम्पूर्ण नबनिर्बाचित वार्ड ८ सदस्य गोबिन्द बराल, पबित्रा के सि, लक्ष्मी बि क , हिराकाजि श्रेष्ठ , अर्जुन श्रेष्ठ ( नेकपा एमाले वार्ड अध्यक्ष , दिपक घिमिरे ( वार्ड नेकपा एमाले सचिब ) रहनुभएको थियो।


अतिथिहरुमा राजेन्द्र जि सि,बिमोज पौडेल ,सुजन ढकाल ,दीपेन्द्र चालिसे ( चालिसे मोटर प्रबन्धक ), निर्मल चालिसे ,सुमन छेत्री ( 25K सदस्य) सन्दिप पनेरु, सागर पौडेल , जीवन खनाल ,सुन्दर गिरि,सन्दीप भुसाल ,किशोर सुबेदि (PEC पुर्व सभापति) लगाएत का समाजका जुझारु युवाहरु , खेलाडीहरु को बाक्लो जमात भएका थिए ।

कार्यक्रम एकदम भब्य ढंगमा बाक्लो उपस्तिथि रहेको रक्त संचार केन्द्र बाट धन्यवाद सहित आभार बेक्त गर्दै बिसम परिस्थितिमा 25K ले गरेको काम प्रति निकै खुसि बेक्त गरेको थिए ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बराल ले सम्पूर्ण युवाहरु प्रति आभार एबम कृतज्ञता सहित आउँदा दिन मा म युवा भएको नाता ले सक्ने र हजुरहरु ले गर्नुभएको येस रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाउनु भएकोमा म निकै खुशी भएको र सम्पुर्ण म स्वयम् युवा भएको हुँदा मेरो सम्पुर्ण मा सहयोग युवा प्रेरित कार्यक्रम :सरसफाइ ,खेलकुद आदि युवा कार्यक्रम लगायतका येस्ता कार्यक्रमा गर्नु पनि अनुरोध गर्नुभएको थियो !

कार्यक्रम सम्योजक सन्जिब बराल ले सम्पूर्णमा धन्यवाद सहित आफ्नो खुशी प्रकट गर्नुभयो भने कार्यक्रम समापन 25K अध्यक्ष अनुप लम्सालले सम्पुर्ण रक्तदाता ,प्रमुख अतिथि , विशेष अतिथि , अतिथिहरुलाइ आउदो दिन मा 25 K ले विभिन्न खाले कार्यक्रम लेराऊने जिकिर गरे। अन्यायको विरुद्ध सधैं 25K, राष्ट्रिय युवा संघ नेपाल सधैं हजुरहरु को सेवामा हुने जानकारी दिए।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार