२०८१ फाल्गुन ७ बुधबार

गगन थापालाई शान्ता चौधरीको प्रश्नः के तपाईँमा मानवता हराएको हो ?(प्रमाण सहित )

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई तपाईंमा मानवता हराउन लागेको हो ? भन्दै प्रश्न गरेकाी छिन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।

थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाएकी हुन् ।

‘…तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपार्इंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 0 Minutes 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।