२०८१ बैशाख ८ शनिबार

चिल्ड्रेन नेपालको आयोजनामा शान्ति संस्कृति निर्माण सम्बन्धि ३ दिनको सहजकर्ता तालीम कार्यशाला भब्य रूपमा सप्पन्न !!

२०७९ जेठ १५

पोखरा

सहजकर्ता तालिम सम्पन्न

चिल्ड्रेन नेपालको आयोजनामा शान्ति संस्कृति निर्माण सम्बन्धि ३ दिनको सहजकर्ता तालीम कार्यशाला सम्पन्न भएको छ । उक्त तालिम कार्यशालामा चिल्ड्रेन नेपालमा कार्यरत कर्मचारी, र संस्थाले बिद्यालय पठनपाठनमा सहयोग गरेका बालबालिकाहरुले अध्ययन गर्ने साझेदार विद्यालय श्री जनप्रिय मा बि, कालिका मा बि, श्रीकृष्ण मा बि, कन्या मा बि, साहारा आधारभुत बिद्यालय, सरस्वती आधारभुत बिद्यालय, श्रीराम आधारभुत बिद्यालयका शिक्षकहरु गरि २६ जनाको सहभागीता रहेको थियो । सहभागी भएका थिए । उक्त ३ दिनको तालिम कार्यशालाको सहजीकरण सहजकर्ता सुभास चन्द्र कटेल र जमुना श्रेष्ठले गर्नु भएको थियो । कार्यशालामा बिद्यालयमा पठनपाठनमा र समुदायमा सहजीकरण गर्ने प्रक्रिया / तौरतरिकामा अभ्यास गरिएको थियो । कार्यक्रमको समापन संस्था अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो । संस्थाका नि बर्तमान अध्यक्ष एबम AVP नेपालका अध्यक्ष भिमलाल गुरुङले तीन दिनमा सिकेको सहजीकरण गर्ने सीप लाई ब्यबहारिक जीवन र कार्यक्षेत्रमा उपयोगमा ल्याउन सकेमा शान्ति संस्कृति निर्माणमा एक इट्टा थपिने कुरामा जोड दिनु भएको थियो । संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले आफू स्वयं परिबर्तन हुँदै नमुना बन्न सकेमा ब्यक्ति,समुह,समाज र समुदायलाई परिबर्तन गर्न सकिने कुरामा जोङ दिनु भएको थियो । कार्यक्रममा सहजकर्ताद्वयले यश कार्यशालाबाट आफुहरुमा महत्त्वपूर्ण सिकाइ र शान्ति निर्माणको यात्रासंगसंगै निरन्तर रहेको बताउनु भएको थियो । कार्यक्रममा अध्यक्ष शान्त पौडेलले चिल्ड्रेन नेपालले शसक्तिकरण र सचेतनामुलक कार्यक्रम मार्फत समुदायलाई सशक्तीकरण गर्दै आइरहेको छ । यस कार्यशालाबाट सिकेका सहजीकरण सम्बन्धि सिपहरुलाई बिद्यालय र समुदायमा उपयोग गर्दै जान सकेको खण्डमा समुदाय / बिद्यालयहरु नमुना बन्ने कुरामा जोड दिनु भएको थियो । सहभागीहरुले कार्यक्रम सिकाइमुलक र फलदायी रहेको कुरा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले गर्नु भएको थियो ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 861 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार