२०८१ माघ २७ आईतवार

दैलेखका प्रेम शाहीद्वारा एक तामाङ बालिकाको उच्च शिक्षाको लागी अस्ट्रेलियामा आर्थिक सहयोग संकलन गर्दै ।

दैलेख ज़िल्ला स्थाई घर भई हाल अस्ट्रेलियाको ब्रिसबेनमा रहदै आएका युवा समाजसेवी प्रेम शाही ठकुरी यति बेला धादिंङ ज़िल्ला खनियाबास गाउपालिका-कुरी, ३, की स्वस्तिका तामाङको लागी आगामी उच्च शिक्षाका लागी आर्थिक सहयोग जुटाउनका निम्ति लागेका छन ।
स्वस्तिका तामाङ जो सधै कक्षा १ देखी १० सम्म सधै कक्षामा प्रथम स्थान हासिल गर्दै आइन र अहिले गत एसईइको परीक्षामा समेत उनी आफ़नो धादिङ खनियाबास गाउपालिका, कुरी-३, स्थित ब्रिचेत मावि बाट प्रथम स्थान हासिल गर्न सफल रहिन । उनी सानै देखी पढ़ाईमा अब्बल अनी तिखो दिमाग़की रहेकि छिन ।
उनको अभिभावकको रुपमा रहेका उनको बुवा केही वर्स पहिले नै स्वर्गबास र उनकी आमा पनी क्षय रोगबाट गुज़्रेको कारण काम गर्न सक्ने अवस्थामा छैनन त्यसैले स्वस्तिकाको भविस्यको बारेमा यति बेला देश तथा बिदेशमा उनी बारे चांसों एवं चिन्ता व्यक्त गरीएको छ ।
आर्थिक अवस्था मजबुत नभएकै कारण उनको त्यो क्षमता अनी आगामी शैक्षिक यात्राको बारेमा के गर्ने र गरीबको कोखमा जन्म लीइ अब मैले सक्ने अवस्था त छैन तर नानुको यो क्षमता देख्दा कोही सहयोगी भए उनको भविस्य राम्रो हुने थियो र अब के गर्ने भन्ने बिसयमा आफू निकै दोधारमा रहेको उनकी आमाले बताईन ।
यसै बीच अभियान कै क्रममा काठमाँड़ौ गोंगबु स्थित, बी एस टी कलेजका प्राचार्य देबेंद्र हड़खले र उनकी श्रीमती कमला रिजालद्वारा स्वस्तिकाको उच्च शिक्षाका लागी कलेजको मासिक शुल्क, ल्याब शुल्क नलाग्ने गरी अध्यनमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन । त्यस बाहेक लाग्ने खर्च ड्रेस, कापीकिताब, होस्टेल शुल्क, यातायात गरी दुई वर्सका लागी आवश्यक रक़म जम्मा गर्नुपर्ने अवस्था रहेकै कारण अभियान संचालन गरीएको छ प्रेम र पंच बहादुरले बताए ।
यसै आर्थिक सहयोगको अभियानमा प्रेमले अस्ट्रेलियामा रहेका सबै नेपाली माझ हारगुहार गरेका छन उनी भंछन “हिजो हामी पनी दूर दराज़मा रहेका थियौ न कोही-केही सहयोग पाउथ्यौ त्यों स्थान बाट आएका हौ, मलाई थाहा छ आर्थिक अवस्थाका कारण आफ़नो उच्च शिक्षा अगाड़ी बढ़ाऊन नपाउदाको पीड़ा अनी बाध्यात्मक परिस्थितिले बाधिदाको समय कस्तो हूँछ भन्ने” र सबै माझ सहयोगको लागी अपिल समेत गरेका छन ।
धादिंङ ज़िल्ला घर भई हाल काठमाँड़ौ अमृत साइंस क़याम्पसमा अध्यनरत पंच बहादुर तामाँगले यो अभियान नेपाल बाट सुरूवात गरेका हुन र नेपालमा समेत आर्थिक रक़म संकलन भईरहेको छ ।
प्रेम शाही समाजसेवी एवं युवा राजनीतिज्ञ समेत हुन ।

इच्छुक सहयोगीहरूको निम्ति, सहयोगको लागी:-
नेपालको लागी:-
बैंक खाता नम्बर: ०३७०१२२४१३५०००१८
बैंक: प्रभु बैंक
खातावालाको नाम: पंच बहादुर तामाङ

अस्ट्रेलियाको लागी:-
Prem Prakash Shahi
BSB: 064032
A/c: 10133369

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित 1 Minute 1564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।