२०८१ फाल्गुन ७ बुधबार

आँबुखैरेनी पहिरो : एक जना मृतकको पहिचान खुल्यो सिरान्चोक, गोर्खा ठेगाना ।।

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।

गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।

सोही ठाउँमा एउटा मोटरसाइकल पनि खसेको र चालक सकुशल रहेको पनि बताइएको छ । सडक पूर्ण रूपमा भासिएकाले अहिले दुवैतर्फ सयौँ सवारी साधनसहित यात्रुहरू अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार अहिले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने विषयमा छलफल भइरहेको छ । अहिले घटनास्थलमा प्राविधिकहरू पठाइएको पनि कार्यालयले जनाएको छ ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 1 Minute 339 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।