
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा ‘स्वार्थी भावना’ रहेको निष्कर्ष निकालेको छ । मंगलबार स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको स्थानीय चुनावको समीक्षा प्रतिवदेनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धनलाई आफ्नो हितका लागि मात्र प्रयोग गरेको उल्लेख छ ।
गठबन्धनभित्र देखापरेका समस्या उपशीर्षभित्र लेखिएको छ, “गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु, यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।”