
प्रसाईलाई सुनको लौरो उपहार
३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी एवम एमाले नेता दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । प्रसाईको निमन्त्रणामा नेपाल आएका राजकुमारले बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकन गरे । उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।