नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलारको प्रयोग गरी हत्या गरेको जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खेलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।
प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमवार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको दाबी गरे ।
प्रहरी नियन्त्रणमा परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबैजनाको हत्या भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका दाजु बिजय र भाउजु रेखालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्नुको साथै घटनामा संलग्न अन्यको खोजी भई रहेको जनाएको छ । प्रहरीले हत्याको योजना बनाएको समेत भिडियो क्लिप फेला पारेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले घटनाको प्रकृती हेर्दा पहिला बुहारी अञ्जलीको हत्या गरेको र पछि भाईको हत्या भएको पाईएको बताए ।