२०८१ फाल्गुन ७ बुधबार

पोखरामा मेयर सम्मेलन हुने!!

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा मेयर सम्मेलन हुने भएको छ । यही साउन १३ र १४ गते यहाँ मेट्रो मेयर मिट नेपाल हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।

सम्मेलनमा महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका ’मा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।

पहिलो दिनको लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्ने छन् । जसमा संघीयता, महानगर र अबको बाटो’राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ ।

यस्तै, पोखरा, काठमाडौ, बिराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौती’ सम्बोधन गर्ने छन् ।

महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’मन्तव्य राख्ने छन् ।

साथै दोस्रो दिन महानगरको साझा सवाल’ संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासन’ पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्ने छन् । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौती’ छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुनेछ । अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने पोखरा महानगरका प्रमुख आचार्यले बताए ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 0 Minutes 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।