
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा साउन ११ गते बुधबार प्रकासन गर्ने अन्तिम तयारी पुरा गरेको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयबस्तुहरुमा टुँगो लगाई नतिजा प्रकासनको अन्तिम काम पुरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जनाए। ‘मंगलबार अपरान्ह बोर्डको बैठक बसेर टुंग्याउनुपर्ने सबै प्राविधिक विषयबस्तुहरु टुंग्यायौं,’ अध्यक्ष शर्माले नागरिकसँग भने ‘साउन ११ गते बुधबार एसइईको नतिजा प्रकासन गर्ने तयारी सबै तयारी पुरा गर्यौं।’ उनले थपे‘बुधबार बोर्डको बैठकले नतिजा प्रकासन गर्छ।’
राष्ट्रिय परीक्षाबोर्डकाअनुसार बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु पत्यक्ष सहभागितामा तोकिएका परीक्षा केन्द्रहरुबाट एसइई दिएका थिए। यी विद्यार्थीहरुकोलागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएको थियो।
३५ अकं नल्याए अवर्गीकृत गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्याँकनको नयाँ ब्यवस्था कार्यन्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यन्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरु अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्ने ब्यवस्था गरेको छ।
०७२सालदेखि कार्यन्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाई स्तर खस्काएको , शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रेले अक्षराङ्का पद्धति कार्यन्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।
नयाँ ब्यवस्था अनुसार अब विद्यार्थीको मूल्याँकन कक्षा १देखि १२ सम्म्मा एकरुपता कायम गरेको उनले जनाए। यस अघि आधारभूत तहमा स्थानीय तह पिच्छे फरक फरक अक्षराँकन प्राणाली लागु थियो भने निजी र सरकारी विद्यालयविच पनि फरकनै रहेकोले मूल्याँकनमै समस्या आएको थियो।
यति माात्र होइन विगतमा शैद्धान्तिकमा ५ नम्बर मात्र ल्याए पास हुने ब्यवस्थाको अन्त गरेर नयाँ निर्देशिकाले विद्यार्थीमा सृजनात्मक क्षमताको विकास शिक्षकमा मिहिनेत गरेर पढाउने वानीको विकास गर्ने विश्वास शिक्षाविद् विद्यानाथ कोइरालाको छ।