२०८० जेष्ठ २० शनिबार

राष्ट्रिय युवा संघ नेपाल , कास्कीको जिल्ला कमिटिको पहिलो पुर्ण बैठक भब्य साथ सम्पन्न !!

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कास्कीको पहिलो पूर्ण बैठक महत्वपूर्ण राजनितिक तथा सांगठनिक प्रस्तावक पारित गर्दै सम्पन्न भएको छ ।


उक्त बैठकलाई नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष मन बाहादुर गुरुङ, नेकपा एमाले जिल्ला सचिव बैन बहादुर छेत्री , राष्ट्रिय युवा संघका केन्द्रिय कमिटी सदस्य तथा प्रदेश संयोजक महेन्द्र गुरुङ्ग, सह-संयोजक विकास अधिकारी युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज बिष्णु सुबेदि ले प्रशिक्षणत्मक मन्तब्य दिनु भएको थियो ।

सो बैठकमा कास्कि जिल्ला बाट भुगोल भएका युवा संधका केन्द्रीय सदस्य तथा चारवटाै पालिका‌का संयोजक तथा जिल्लाका सदस्यहरुले समेत आ- आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो।

बैठकको अध्यक्षता युवा संध, जिल्ला कास्कीका अध्यक्ष पान वहादुर जि.सि.ले गर्नुभएको थियो भने कार्यक्रम जिल्ला कमिटी सचिव नमराज के. सि ले सन्चालन गर्नु भएको थियो।

२०७९ श्रावण २८, शनिबार प्रकाशित 1 Minute 502 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार