पोखरा महानगरपालिका नगर युवापरिषद वडा न.१७ को आयोजनामा फुर्सेखोला,पावर हाउस,दोबिल्लामा वर्खाको समयमा पानीको वहाब अत्याधिक भइ नुहाउने क्रममा,माछा मार्ने ,लुगा धुने क्रममा धेरैजनाको ज्यान गएको हुदा उक्त घटनाहरुलाइ न्युनिकरण गर्ने उद्देस्यका साथ जोखिम न्युनिकरण सम्बन्धि सूचना बोर्ड राख्ने तथा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरियो।उक्त कार्यक्रम बिरौटा राममन्दिर को मुलकुलोमा राखी बाकी ३ वटा छोरेपाटनको ,फुर्सेखोला र दोबिल्लामा राख्नका लागि टाेलबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधि ज्युहरुलाइ हस्तान्तरण गरियो ।
कार्यक्रमको प्रमुख अतिथि महानगरपालिका नगर युवा परिषदका सदस्य सन्तोष पोखरेल र विशेष अतिथि छोरेपाटनका ट्राफिक प्रहरी असई सुरेश थापा हुनुहुन्थ्यो।
कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्ण अतिथि ज्युहरु ,आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरु, लगायत युबा परिषद् पोखरा १७ का सहयोद्दा साथीहरुमा हार्दिक आभार प्रकट गर्दछु भन्दै अध्यक्ष सरस्वती पुरी ले जानकारी दिनुभयो ।कार्यक्रम संचालक युवा परिषद १७ का सचिव प्राणनाथ पौडेल ले गरेका थिए ।
२०७९ भाद्र २, बिहीबार प्रकाशित
0 Minutes
88 Views
Copyright © 2023, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा