२०८० जेष्ठ २० शनिबार

विनिष्कर्ष सकियो माओवादी बैठक !!

माओवादी केन्द्रको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्षविना नै सकिएको हो । आज पनि पार्टी पदाधिकारीको टुंगो भने लाग्न सकेन ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीबारे लगभग टुंगो लागिसके पनि निर्णय भने भइनसकेको बताए । उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए । माओवादी केन्द्रको बैठक केही दिनयता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपि, पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन ।

पार्टी स्थायी कमिटीको अर्को बैठक शनिबार १ बजेका लागि बोलाइएको छ ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार