२०८१ चैत्र ८ शुक्रबार

केपी ओलीलाई मैले मोरङमा २ महिनासम्म भात खुवाएर पाले :माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

नेपालले भने–को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए,१२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं,अहिले फुर्ति लाएर हुन्छ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए । उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 282 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार