२०८१ फाल्गुन ६ मंगलवार

मेयर बालेन बिरुद्ध महानगर परिसरमा नाराबाजी ।

फुटपाथ व्यापारीको प्रदर्शन, तीनबुँदे माग सम्बोधन नगरे एक सातापछि कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै उनीहरूले प्रदर्शनमा उत्रिएका हुन् ।

महानगर प्रमुख बालेन्द्र साहलाई भेटेर ज्ञापनपत्र बुझाउन गएको, तर मेयरले भेट्न नचाहेको भन्दै नाराबाजी गरेको बताएका छन् । उनीहरूले रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसवासको ग्यारेन्टी गर, नगर प्रहरीको अत्याचार बन्द गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर भन्दै नाराबाजी गरेका थिए ।

आन्दोलित व्यापारीहरूले सडक स्वरोजगार श्रमिकलार्य मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र प्रशासनकोतर्फबाट भइरहेका अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

पछिल्लो समय महानगरले सडक फुटपाथबाट व्यापारी हटाउन थालेपछि उनीहरू संगठित भएका छन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा संगठित भएका उनीहरू ज्ञापनपत्र बुझाउन गएका थिए । उनीहरूको ज्ञापनपत्रमा एक हप्ताभित्र आफ्ना तीनबुँदे माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Source : Naya Patrika

२०७९ भाद्र ७, मंगलवार प्रकाशित 1 Minute 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।