
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।
आज आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उक्त बैठक बस्न लागेको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठकमा निर्वाचनबारे थप रणनीति तय गरिने बताइएको छ ।