२०८१ माघ १३ आईतवार

स्वास्थ्य र शिक्षा देश विकासका प्रमुख आधार हुन् -कुल प्रसाद वाग्ले

नेपालको स्वास्थ्य र शिक्षाको कुरा गरुम एक पल्ट किनकि स्वास्थ्य र शिक्षा देश विकासका प्रमुख आधार हुन् ।

मेरो विचारमा जुन देशमा निशुल्क स्वास्थ्य र शिक्षा छ , त्यो देश वास्तविक रूपमा एकदमै विकसित अथवा त्यो देश आफ्नो देश र जनताहरुका लागि पुरै कर्तव्यनिश्ट छ।
तर जुन देशमा निशुल्क शिक्षा हुँदैन , त्यो देश अल्पविकसित देश अथवा विकासोन्मुख देश हो । यस्ता देशहरूले कहिल्यै नि आफ्नो देशको अर्थतन्त्र बलियो बनाउन सक्दैनन् ।
अब हाम्रो देशको स्वास्थ्यको कुरा गर्ने हो भने यो देशमा स्वास्थ्यको क्षेत्रमा हाम्रो देशले चाहिएको दक्ष जनशक्ति नै निकाल्न सकेको छैन । यहाँ भएका स्वास्थ्यका रूपमा काम गर्ने संस्था र उपचारक स्थानहरुले बिरामीहरुले चाहेको जस्तो उपचार प्रदान गरेको नै छैन । यहाँ गाउँ गाउँमा बस्ने मानिसहरुलाई रोगले च्यापेको अवस्थामा उपचार नपाएर त्यहाँका बिरामीहरु दिनदिनै मर्ने क्रम बढिरहेको पाइन्छ ।

त्यसपछि अब कुरा गरुम नेपालको शिक्षाको :-

नेपालमा विशेषगरी व्यावहारिक र व्यावसायिक शिक्षा दिने किसिमको शैक्षिक अध्ययन नै छैन । हामी विद्यार्थीहरुमा ज्ञान भएता पनि रोजगारका असीमित अवसरहरु पाइदैन । यहाँ रहेका सरकारी विद्यालयहरुले यहाँ खोलिएका सामुदायिक विद्यालयहरु स्वच्छ रूपमा प्रतिस्पर्धा गर्नका निम्ति उचित व्यवस्थापन गर्ने मौका नै पाएका छैनन् ।सरकार विद्यालयले जीवनोपयोगी कला र सीप प्रदान गर्न असक्षम हुने भएकाले अभिभावकहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन व्याध्य भएका छन् । विशेषगरी सामुदायिक विद्यालयहरुले अति चर्को मुल्य लिने र मनोमानी ढंगले विद्यालयलाई व्यवस्थापन गर्ने भएकाले यहाँ धनी बाउआमाहरुका छोराछोरी मात्रै पढ्न सक्छन् अनि बाकीँ रहेका गरिब जनताहरुका छोराछोरीहरु मात्रै सरकारी विद्यालयमा पढ्ने गर्दछ्न् ।

यहाँ रहेको शिक्षाको क्षेत्रमा अर्को मुख्य समस्या भनेको हाम्रो देशमा उत्पादन भएका दक्ष जनशक्तिहरुलाई यहीँ देशभित्र नियन्त्रण गरेर राख्न सकेको छैन । जति पनि अति दक्ष , सामान्य दक्ष अनि निम्न दक्ष जनशक्तिहरु छन् ;तिनीहरुको उचित व्यवस्थापन हुन नसकेको कारणले गर्दा यहाँका युवाहरु दिनहुुँ रूपमा विदेश पलायन हुन व्याध्य छन् । जब विद्यार्थीहरुको हातमा शैक्षिक योग्यताको स्नातकोत्तर तहको हुन्छ तबसम्म पनि रोजगारका अवसरहरु सिर्जना हुन सक्दैन र उनीहरु विदेशीन बाध्य हुन्छन् ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 1887 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।