
कमल -०५,झापा
२०७९/०५/१५
बुधबार
मुख्य कुरो त बिचार धारणा नै मिल्दैन गठबन्धनमा भएको पार्टीहरूको , फेरि यि पार्टीहरूमा कसैले साम्यवादी सिद्धान्त बोकेको छ भने , कसैले पुँजीवादी सिद्धान्त बोकेको छ त कसैले राजावादी एवंम हिन्दुराष्ट्रको मुख्य एजेन्डा बोकेर हिँडेको छ , अचम्मको कुरा त यति धेरै भिन्नता हुँदाहुँदै पनि गठबन्धन चाहिँ के का लागि भयो र किन भयो ? ५ वटा गठबन्धनमा रहेका पार्टीहरूको ५ थरीका कुराहरु हुन्छन् जस्ले गर्दा बादविवाद नआउला भन्न सकिन्न हिजो एउटै सिद्धान्त, बिचार धारणा बोकेर हिँडेको दुई पार्टीमा त बादविवाद आयो भने यो त ५ वटा विभिन्न सिद्धान्त, बिचार धारणा बोकेर हिँडेको गठबन्धन हो नआउला भन्ने त आशा नै छैन चाहे त्यो स्थानिय तहमा होस् या राष्ट्रिय स्तरको होस् जनताले देशमा स्थीर सरकार , विकास, समृद्धि चाहेको हो भने गठबन्धनमा भोट नहालेको राम्रो हुन्छ ।
कुल प्रसाद वगाले थापा