
जसरी भए नि प्रदेश नं. १ को नाम कुनै धर्म र जातीयतामा जोडिएर हुन दिने छैनौं
बिहिवार ,२०७९/०५/१६
कमल-०५,झापा
कुल प्रसाद वगाले
जतिसुकै गरेपनि हेर्नुहोस् मुख्यमन्त्री प्रदेशको प्रमुख भएको नाताले यो कुरा बुझ्न जरुरी छ कि प्रदेशमा लिम्बुवान किरात मात्र छैनन सबै जातजाति, भाषा, धर्महरु रहदै आएको प्रदेश हो यसलाई जातिय हिसाबले न राखियोस। यहाँ लिम्बुवान किरात मात्र छैनन, अरु जात जाती नि छन यसरि नै सबै प्रदर्शनमा उत्रिने हो भने जातीय द्वन्द सुरु हुन जान्छ । त्यसैले प्रदेशको नाम प्रदेशको सोन्दर्यताको आधारमा राखियोस । बिश्वले चिन्ने सगरमाथा हामी माझ छ हाम्रै प्रदेशमा छ । प्रदेशलाई बिश्वमा चिनाउनको निम्ति प्रदेशको नामाकरन सगरमाथा प्रदेश राखियोस जातीय आधारमा प्रदेशको नामकरण गर्ने हो भने भोलिको दिनमा हुने जातिय द्वन्दको जिम्मेवार मुख्यमन्त्री हुनेछन् ।