
राष्ट्रिय युवा संघ नेपाल रूपा वडा ३ को अधिवेशन सम्पन्न ॥
रात्यि युवा संघ नेपाल, रुपा गा. पा वडा नं.३ को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि ने.क.पा एमाले कमिटी अध्यक्ष तथा सोही वडाका जनप्रतिनिधी अध्यक्ष दिपेन्द्र गौतम हुनुहुन्थ्यो ।
उक्त अधिवेशनले हिरालाल कुमाल को अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ। सो अधिवेशनमा राष्टिय युवा संघ नेपाल, का क्षेत्र नं. १ क का संयोजक प्रकास देवकोटा, छेत्र नं. २ क का संयोजक राजु गिरी , जिल्ला कमिटी सचिव नमराज के सीले आफ्नो भनाई राख्नु भएको थियो।
सो अधिवेशनमा पार्टि कमिटीका बडाका जिम्मेवार नेता तथा कार्यकर्ताको बक्लो उपथिती थियो भने निवाचित कमिटीलाई जिल्ला सचिव नमराज के.सी. ले सपत खुवाउनु भएको थियो।